हालन्डका लागि चेल्सीले गरेको प्रस्ताव डोर्ट्मण्ड द्वारा अस्विकार

एजेन्सी, जर्मन क्लब बोरुसिया डोर्ट्मण्डले आफ्नो युवा स्टार खेलाडी अर्लिङ हालन्डका लागि चेल्सीले गरेको प्रस्तावलाई अस्विकार गरेका छन्। रिपोर्टका अनुसार चेल्सीले हालन्डका लागि आफ्ना खेलाडी ट्यामी अब्राहम वा क्यालम हड्सन ओडोइ सहितको प्रस्तावलाई डोर्ट्मण्डले अस्विकार गरेका छन्।

हालन्ड हाल चेल्सीको मुख्या प्राथमिकताको रुपमा रहेको देखिएको छ। चेल्सीले अब हालन्डका लागी उच्च रकमको प्रस्ताव गर्ने पनि देखिन्छ। रिपोर्टका अनुसार म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड जस्ता धेरै क्लबहरुले उनलाई भित्र्याउन चाहेता पनि कोभिड १९ का कारण परेको आर्थिक असरका कारण थोरै क्लबहरु मात्र उनलाई अर्को सिजन भित्र्याउन इच्छुक छन्।
रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५-१०० मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ। उनी २०१९ मा करिब २० मिलियन युरोमा साल्जबर्गबाट डोर्टमण्डमा अनुबन्धित भएका थिए। उनले डोर्टमण्डका लागि ५९ खेलमा ५७ गोल गरि सकेका छन्।