हालण्ड भित्र्याउन चेल्सीले राख्यो प्रस्ताव

एजेन्सी, इङलिस क्लब चेल्सीले युवा स्टार स्ट्राइकर अर्लिङ हालण्ड भित्र्याउन जर्मन क्लब बोरुसिया डोर्ट्मण्ड समक्ष प्रस्ताव रखेको छ। रिपोर्टका अनुसार चेल्सीले डोर्ट्मण्डलाई हालण्डका लागि ७० मिलियन युरो र ट्यामी अब्राहमको प्रस्ताव राखेको हो।

रिपोर्टका अनुसार म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड जस्ता धेरै क्लबहरु उनलाई भित्र्याउन चाहेता पनि कोभिड १९ का कारण परेको आर्थिक असरका कारण थोरै क्लबहरु मात्र उनलाई अर्को सिजन भित्र्याउन इच्छुक छन्।
रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५-१०० मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ। उनी २०१९ मा २० मिलियन युरोमा साल्जबर्गबाट डोर्टमण्डमा अनुबन्धित भएका थिए। उनले डोर्टमण्डका लागि ५९ खेलमा ५७ गोल गरि सकेका छन्।