युरोपियन फुटबलको २०२२/२३ सिजन अन्त्य भए संगै प्रसिद्ध फुटबल प्रकाशन(Football Observatory CIES)ले विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरूको सुची तयार गरेको छ जसमा धेरै जस्तो युवा स्टार खेलाडीहरु रहेका छन्।
उक्त फुटबल प्रकाशन (Football Observatory CIES)ले तयार गरेको सुचीको सबैभन्दा शीर्ष स्थानमा यो सिजन ५२ खेलमा ५२ गोल गरेका म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर हालान्ड पर्न सफल भएका छन्। गत वर्षको गर्मिको ट्रान्सफर विन्डोमा सिटी आएका हालान्डको बजार मूल्य €२४५.१ मिलियन रहेको उक्त सुचीले दाबी गरेको छ।
दोस्रो स्थानमा भने रियल म्याड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियर रहेका छन्। उक्त सुचीमा उनको बजार मूल्य €१९६.३ मिलियन रहेको छ। तेस्रो स्थानमा आर्सनलका युवा विंगर बुकायो साका रहेका छन् उनको मूल्य €१९५.८ मिलियन रहेको छ।
उक्त सुचीमा एम्बाप्पे शीर्ष ५ भित्र नपर्नु अनौठो कुरा रहेको छ तर पेरिस सेन्ट जर्मेनसँग उनको सम्झौता २०२४ सम्म मात्र रहेको कारण उनको मूल्याङ्कन कम भएको (Football Observatory CIES)ले जनाएको छ।
हालको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस:-
- €245.1M- Erling Haaland- Manchester City
- €196.3M- Vinícius Júnior- Real Madrid
- €195.8M Bukayo Saka- Arsenal
- €190.2M- Jude Bellingham- Borussia Dortmund
- €184.5M- Rodrygo Goes Real Madrid
- €178.0M- Pedri González- FC Barcelona
- €174.1M- Pablo Gavi- FC Barcelona
- €170.2M- Jamal Musiala- Bayern München
- €166.8M- Phil Foden- Manchester City
- €163.2M- Kylian Mbappé- Paris St-Germain
- €155.1M- Federico Valverde- Real Madrid
- €152.9M- Gabriel Martinelli Arsenal FC
- €122.0M- Julián Álvarez- Manchester City
- €118.4M-Eduardo Camavinga- Real Madrid
- €114.9M- Joško Gvardiol- RB Leipzig