लिभरपुलले टोटेनहमलाई इङलिस प्रेमिएर लिगमा हराएको छ ।
बुधबार राति एनफिल्डमा भएको ‘हाई प्रोफाइल’ म्याचमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।
हार पछि टोटेन्ह्यामका प्रशिक्षक जोसे मौरिन्होले लिभरपुलका प्रशिक्षकलाई खेल सक्के पछि राम्रो टिमले हार्नु पर्यो भने ।
उपाधि होडमा बलियो देखिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको छ । र टोटनहमलाई पछि पार्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
जितसंगै एनफिल्ड क्लबले लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिन सफल भएको छ ।
खेलमा अग्रता घरेलु टोली लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहाको गोलमा लिएको थियो ।
टोटेनहम स्टार सन ह्युङ मिनले ३३ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काएका थिए । लो सेल्सोले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए ।
खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।
शीर्ष स्थानको लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक छ ।