फिफा विश्व कपको क्वाटर फाइनलमा पोर्चुगल, मोरक्को सँग १-०ले हारेको थियो भने खेल पछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डिसले उक्त खेलमा अर्जेन्टाइन रेफ्री फाकुन्डो टेलोको प्रयोग गर्ने निर्णयको प्रश्न उठाएका छन् भने उक्त रेफ्रीको विश्व कपको स्तरको नरहेको दाबी पनि गरेका छन्।
“I have to say that it is very strange to have a referee refereeing us from a country (Argentina) that still has its team in the competition and we don’t have Portuguese referees in the World Cup,” says Bruno Fernandes. https://t.co/GQOxCNRzd5
— Express Sports (@IExpressSports) December 11, 2022
पोर्चुगलका अनुभवी डिफेन्डर पेपेले पनि उक्त निर्णयको आलोचना गर्दै फिफाले अर्जेन्टिनालाई विश्व कप जिताउन मद्दत गर्न खोजेको पेपेको आरोप लगाए भने मिडफिल्डर ब्रुनो फर्नान्डिसले पनि सो निर्णय वारे प्रश्न गर्दै बोलेका छन्।
“मैले भन्नु पर्छ कि यो प्रतियोगितामा अझै पनि रहेको देश [अर्जेन्टिना]को रेफ्रीलाई हाम्रो खेलमा प्रयोग गर्नु एकदमै अनौठो कुरा हो र विश्वकपमा पोर्चुगिज रेफ्रीहरू छैनन्।।- पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डिसले खेल पछि भने।
“हाम्रो रेफ्रीहरु सँग च्याम्पियन्स लिगको अनुभव छ, त्यसैले उनीहरू सँग यहाँ हुनको लागि गुणस्तर र स्तर छ।
Pepe and Bruno Fernandes have come out and stated that it’s not fair that they had an Argentina referee for their match vs. Morocco. And insinuated that maybe they want to give Argentina the World Cup.
— Roy Nemer (@RoyNemer) December 10, 2022
“यी रेफ्रीहरु च्याम्पियन्स लिगमा रेफ्री गर्दैनन्, तिनीहरू यस प्रकारको खेलको लागि अभ्यस्त छैनन्, तिनीहरूसँग यसको लागि गति छैन।
“पहिलो हाफमा, म माथि स्पष्ट पेनाल्टी हुनु पर्ने फाउल थियो।”
खेलको ४२औँ मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे । यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।
वालिड चेडिराले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । अब मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।
पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । विजेता मोरोक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक पनि बन्न सफल भएको छ ।