“हाम्रो मुख्य उद्देश्य शीर्ष चारमा हुनु हो”

ला लिगा क्लब बार्सिलोनाका कोच जाभीले हालको क्लबको फमको ’bout बोलेका छन् भने फेरी पनि च्याम्पियन्स लिगमा खेल्नु बार्साको लक्ष्य रहेको दाबी गरेका छन्।

यो सिजनको च्याम्पियन्स लिगबाट बार्सा हाल युरोपा लिगमा झरेको छ भने अर्को सिजन पनि बार्साले च्याम्पियन्स लिगमा ठाउँ गुमाउन सक्ने सम्भावना रहेको छ तर अर्को वर्षको च्याम्पियन्स लिगमा ठाउँ बनाउने बार्साको उद्देश्य रहेको जाभीले बताएका छन्।

“मुख्य उद्देश्य शीर्ष चारमा रहनु र उपाधि जित्नु हो,” जाभीले भने

“केही पनि नकार्न सकिँदैन, हामी लिग लिडर भन्दा धेरै पछाडि छौँ तर मलाई टोलीमा ठुलो विश्वास छ।

“नतिजा आएको छैन तर म विश्वस्त छु, भावनाहरू राम्रो र सकारात्मक छन्, नतिजा नआए पनि भोलि अर्को ठुलो परीक्षा छ।”

हाल बार्सा निकै ठुलो दबाबमा रहेको छ खराब फममा रहेको बार्सा लिगको आठौँ स्थानमा रहेको छ भने अर्को सिजन च्याम्पियन्स लिगमा ठाउँ बनाउने यो सिजन युरोपा लिग जित्नु वा लिगमा शीर्ष चारमा पर्नु पर्ने हुने छ।