हामेस रोद्रिगेस स्पेन फर्किन इच्छुक

हामेस रोद्रिगेस स्पेन फर्किन इच्छुक रहेको खबर छ। उनी इङ्गल्यान्डमा आफ्नो जीवनबाट खुसी नरहेको कुरा छ भने उनी आउँदो गर्मीमा स्पेन फर्किन इच्छुक रहेको खबर छ।

२९ वर्षका स्टार रियल म्याड्रिडबाट एभरटन आएका थिए। रियलमा खेल समय नपाए पछि उनी एभरटन आएका थिए र प्रिमियर लिगको सुरुमा उनको राम्रो प्रदर्शनमा रहेको थियो।

खबर अनुसार उनी बेलायती मौसम र प्रिमियर लिगमा धेरै ‘शारीरिक’ फुटबलको कारण खुसी छैनन्। प्रिमियर लिगको खेल पछि आफ्नो चो बारे उनी चिन्तित रहेको पनि खुलेको छ।

स्पेनिस मिडिया स्रोत डिफेन्सा सेन्ट्रलका अनुसार, हामेस रोद्रिगेस स्पेन फर्किन इच्छुक छन् र उनी म्याड्रिडको सहरमा फर्कन चाहन्छन्।