हामेस रोद्रिगेस र ग्यारेथ बेल माथि स्पेनी प्रेसले नयाँ व्यंग्यात्मक आक्रमण गरेका छन् दुई पुर्व रियल खेलाडी हाल प्रिमियर लिगमा खेल्दै छन् र दुईको हाल धेरै राम्रो प्रदर्शन हुन सकेको छैन।
‘Zidane was right!’: Spanish press lay into Gareth Bale and James Rodriguez after their recent Premier League struggles https://t.co/nFExUeY0ft
— MailOnline Sport (@MailSport) December 30, 2020
हाल स्पेनका प्रेसहरु रियल म्याड्रिडको समर्थनमा दुई खेलाडीको आलोचना गर्दै छन्। स्पेनिश मिडिया मार्काले दुई खेलाडीको अलोचन गर्दै लेखे ‘हामेसले यस सिजनको सुरुमा राम्रो गरे पनि म्यूनिखमा जस्तो उनको खेलमा बिस्तारै गिरावट आउन थालेको छ।’
A report in the Spanish press has had a right go at Bale and Rodriguez in a bizarre Zidane backslap.https://t.co/YLZwz96Tek
— Football365 (@F365) December 30, 2020
हामेसको योगदानमा एभरटन समर्थकहरुको शंका सुरु भएको पनि उक्त पोस्टले दावी गरे। बेल र स्पेनिश प्रेस बीचको विवाद धेरै पुरानो रहेको छ र रियल छोडे पछि पनि बेलमाथि स्पेनिश प्रेसको आक्रमण जारी रहेको छ।
हामेस रोद्रिगेस र बेललाई लक्षित गर्दै एक स्पेनिश मिडियाले व्यंग्यात्मक रुपमा दुईको प्रिमियर लिग क्लब ‘म्याड्रिड भन्दा स्पष्ट रूपमा तलको श्रेणीको रहेको’ लेखे सो खेलाडीहरु बेचेकोमा जिदानलाई ‘कुनै पछुतो नहुने’ पनि लेखे।