हामेस रोद्रिगेसलाई बेचेकोमा रियल म्याड्रिड जिदान संग निराश

रियल म्याड्रिडका प्रमुखहरू एभर्टनमा हामेस रोद्रिगेसको उत्कृष्ट प्रदर्शन पछि जिदान संग खुसी छैनन्। कोलम्बियाका स्टारलाई यो सिजनको सुरुमा निकै कम रकममा म्याड्रिड छोड्न अनुमति दिएको थियो र उनि हाल प्रिमियर लिगमा निकै राम्रो खेल्दै छन्।

रोद्रिगेसले हाल सम्म तीन गोल गरेका छन् र तीन सहायक पनि प्रदान गरेका छन् भने एभर्टन हाल लिगको शीर्ष स्थानमा रहेको छ।

स्पेनको प्रकाशन ए एसका अनुसार ‘लस ब्लान्कोस’ प्रमुखहरू जिदानले कसरी हामेस रोद्रिगेस स्थतिलाई सम्हालेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। जिदानको नेतृत्वमा गत सिजन उनले ८ खेल खेले भने त्यो भन्दा अगि दुई सिजन उनले बायर्न म्युनिखमा लोनमा बिताए।

क्लब लेजेण्ड जिदानले उनलाई धेरै मौका दिएनन् र रोद्रिगेस खेल समयको खोजीमा एभर्टनमा गए।

प्रिमियर लिगमा उनि अनुकूलन हुन नसक्ने धेरैको विश्वासलाई उनले गलत प्रमाणित गर्दै हाल एभर्टनमा उनि आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै छन्।