हामेस रोद्रिगेसको नयाँ गन्तव्य इटालियन क्लब हुन सक्ने

एभर्टनले आफ्नो स्टार मिडफिल्डर हामेस रोद्रिगेसलाई बेच्ने भएको छ। कार्लो एन्सेलोटीले एभर्टन छोडे पछि हामेस रोद्रिगेसले पनि क्लब छोड्न सक्ने धेरै चर्चा हुँदै गर्दा एभर्टनका नयाँ कोच राफा बेनेटेजले रोद्रिगेस आफ्नो योजनामा नपर्ने बताएका छन्।

हाल उनलाई बेच्न एभर्टन खुल्ला हुने जानकारी छ भने उनलाई साइन गर्न इटालियन क्लब एसी मिलान इच्छुक रहेको छ।

एसी मिलानका कोच स्टेफानो पियोली उनलाई क्लबमा भित्राउन धेरै इच्छुक छन् भने €२० मिलियनको प्रस्ताव आए एभर्टनले हामेस रोद्रिगेसलाई बेच्ने जानकारी छ। उनलाई साइन गर्न एसी मिलान आफ्नो खेलाडी दिन तयार रहेको पनि जानकारी छ र एभर्टनले सो प्रस्तावलाई कसरी लिने बारे जानकारी आएको छैन।

उनलाई साइन गर्न पोर्चुगलको क्लब पोर्तो पनि इच्छुक रहेको चर्चा भए पनि एसी मिलान उनको नयाँ गन्तव्य हुने सम्भावना धेरै रहेको जानकारी छ।