हामेस रोद्रिगेसको नयाँ गन्तव्य कतार हुन सक्ने

एभर्टनका स्टार मिडफिल्डर हामेस रोद्रिगेस क्लब छोड्न नजिक रहेको जानकारी छ भने एभर्टन उनलाई बेच्ने खुल्ला हुने जानकारी छ। कार्लो एन्सेलोटीले एभर्टन छोडे पछि हामेस रोद्रिगेसले पनि क्लब छोड्न सक्ने धेरै चर्चा हुँदै गर्दा एभर्टनका नयाँ कोच राफा बेनेटेजले रोद्रिगेस आफ्नो योजनामा नपर्ने बताएका थिए।

हाल उनलाई बेच्न एभर्टन खुल्ला हुने जानकारी छ भने उनलाई साइन गर्न कतारको क्लब अल रेयान इच्छुक रहेको खबर छ। खबर अनुसार हामेस रोद्रिगेस र कतारी क्लब अल रेयान बिच वार्ता भएको छ र उनी कतारमा खेल्न धेरै नजिक छन्।

३० वर्षीय कोलम्बियन स्टारको एभर्टन भविष्य बेनेटेजको आगमन पछि अनिश्चित भएको थियो उनले रोद्रिगेस आफ्नो योजनामा नहुने स्पष्ट गरेको थिए भने ट्रान्सफर विन्डोमा उनलाई बेच्न एभर्टनले प्रयास गरे पनि असफल भएको थियो भने हाल कतारी क्लब सँग एभर्टन उनको लागि वार्ता हुँदै गरेको जानकारी छ।

 

हाल सम्म उनले नयाँ सिजनमा क्लबको लागि खेलेका छैनन् भने एभर्टनका लागी उनको अन्तिम खेल १६ मेमा शेफील्ड युनाइटेड विरुद्ध रहेको थियो।

एभर्टन उनलाई बेचेर आफ्नो तलब खर्च घटाउन इच्छुक रहेको जानकारी छ भने प्रिमियर लिगको ट्रान्सफर विन्डो अन्त्य भए पछि पनि उनलाई बेच्न पाए पनि नयाँ खेलाडी भने एभर्टनले साइन गर्न पाउने छैन।