हामेस रोड्रिग्वेजलाई भित्र्याउनेमा नापोली विश्वस्त

इटालियन क्लब नापोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी रियाल मड्रिडका आक्रामक मिडफिल्डर हामेस रोड्रिग्वेजलाई क्लबमा भित्र्याउनेमा विश्वस्त देखिएका छन् ।

पछिल्लो समय नापोलीले भित्र्याउन चाहेका खेलाडीको शीर्ष स्थानमा रहेका रोड्रिग्वेजलाई पुन आफ्नो टोलीमा भित्र्याउन बार्यन म्युनिख तथा रियाल मड्रिडका प्रशिक्षक एन्सेलोटी आत्तुर छन्।

रियलबाट दुई वर्षको लोन सम्झौतामा बार्यन पूरा गरेपछि क्लबले स्थायी रुपमा उनलाई अनुबन्ध गर्न चासो नदेखाएपछि उनी भविष्यबारे अन्योलमा परेका छन्।

‘मलाई थाहा छैन उनी आउँछन् या आउँदैनन्, तर म आशावादी छु,’ एन्सेलोटीले भने, ‘म उनलाई राम्रो जान्दछु, मैले उनलाई ‘लेफ्ट विङ्गर’ र दशौँ खलाडी मात्रै नभई ‘राइट विङ्गर’को रुपमा पनि खेलाएको छु।’

१० नम्बर जर्सीबारे बोल्दै एन्सेलोटीले भने, ‘१० नम्बर अजुरीको नम्बर हो, नम्बर त्यति महत्त्वपूर्ण कुरा होइन, उनले धैर्य गर्नुपर्छ।’

नापोलीले उनलाई लोनमा अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर रियलले स्थायी सम्झौता खोजेपछि इटालियन साइडले उनलाई ४ करोड २० लाख पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ।

उनलाई भित्र्याउने दौडमा नापोली अगाडि रहे पनि रियालकै छिमेकी क्लब एट्लेटिको मड्रिडले पनि परिस्थितिलाई नजिकबाट नियाली रहेको बुझिएको छ।