इङलिस प्रेमिएर लिग अन्तर्गत सनिवार राती भएको इभर्टन र ब्राइटन बिरुद्ध भएको खेलमा इभर्टनले ४-२ को जित हात पारेको छ ।
खेलमा फममा रहेको स्ट्राइकर क्याल्भर्ट लेविनले १६ औं मिनेटमा गोल गर्दै इभर्टनलाई अग्रता दिलाएको हो ।
४१ औं मिनेटमा ब्राइटनका मौपेले गोल गर्दै खेल बराबरीमा ल्यायो ।
1-0
3-0
5-2
5-2
2-1
4-1
4-2Everton are raining goals this season ☔ pic.twitter.com/Z9SfXbYKJZ
— B/R Football (@brfootball) October 3, 2020
४५ औं मिनेटमा रोड्रिगुएजको पासमा मिनाले गोल गर्दै २-१ को अग्रता दिलायो ।
५२ औं मिनेटमा रोड्रिगुएजले गोल गर्दै ३-१ को अग्रता दिलायो ।
त्यस्तै ७० औं मिनेटमा फेरि रोड्रिगुएजले गोल गर्दै ४-१ को फराकिलो अग्रता दिलाए ।
खेलको अन्तिम मिनेटमा ब्राइटनका बिसोउमाले सान्त्वना गोल गरे ४-२ मा खेल सक्कियो ।