“हामी सानेलाइ यो क्लबमा चाहन्छौं”- बायर्न म्युनिखका अध्यक्ष

बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले म्यानचेस्टर सिटीका अट्याकर लेरोय सानेलाई भित्र्याउने जोडदिए ।

कम्युनिटी शिल्डको खेलमा घुँडामा चोट लागेको कारण अगस्तमा बायर्न म्युनिखको भित्र्याउने प्रयास असफल भएको थियो र हाल उनि सिटीको प्रशिक्षणमा फर्किएका छन् ।

बायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले बताए: “लेरोय सानेमाथि हाम्रो रुचि छ किन भने उनि एक उत्कृष्ट खेलाडी हुन्, यो सबैलाइ थाहा छ ।”

“अब हामीले हेर्नु पर्छ कि उनि कसरी चोटपछि फर्किने छन्। मेरो जानकारी अनुसार उनि अहिले फेरि प्रशिक्षणमा सामिल हुन थालेका छन् तर अहिले उनि पहिलो टोलीको प्रशिक्षणमा फिर्ता आएको छैन।”

“उनि एक उत्कृष्ट खेलाडी हुन्, हामी सानेलाइ यो क्लबमा चाहन्छौं र उनले हाम्रो टिमलाई अझै राम्रो बनाउने छ ।

उनले त्यसपछि बताए कि बायर्नले अर्को तीन सिजन भित्र च्याम्पियन्स लिग जित्न प्रयास गर्ने छ, साने यसको हिस्सा हुनसक्ने पनि उनले सुझाव दिए।