“हामी सबै उपाधिको लागी लड्ने छौं- मेस्सी

लिओनेल मेस्सीले बार्सिलोनाको लागि यो सिजन सबै उपाधि जित्ने प्रयास गर्ने भनेर बताएका छन्। गत सिजन कोपा डेल रे र च्याम्पियन्स लिगमा नमिठो हार बेहोरेका बार्सिलोना यो सिजन सुधार गर्दै राम्रो गर्ने दाउमा रहेको छ। आर्सनल संगको खेलमा जित हात पार्दै ग्याम्पर ट्रफी जिते पछि मेस्सीले फ्यानहरु संग कुरा गर्दै बार्सिलोना सबै उपाधि जित्न लड्ने छ भनेर भने।

“गत सीजन मैले ज भने तेही फेरी भन्नेछु”- मेस्सीले भने

“सबै संगै मिलेर हामी फेरी सबै उपाधिको लागी लड्ने छौं”

“सबैले लिगलाई मान दिन पर्छ, ११ सिजनमा ८ लिग जित्नु क्लबको लागि ठुलो हो र हामी हेर्ने छौ अब कतिको कठिनाईहरु आउने छ”

“हामीसँग नयाँ विचार र नयाँ उत्साह छ”