“हामी विश्वकप जितेर हाम्रो समर्थकलाई खुसी बनाउन चाहन्छौं”:- लिओनेल मेस्सी

३० उमेरका अर्जेन्जिनाका स्टार खेलाडी मेस्सी आफ्नो समर्थकलाई विश्व कप जितेर खुसि बनाउन चाहन्छन् ।

क्लबबाट धेरै उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् । राष्ट्रिय टोलीबाट १ सय २३ खेल खेलेका मेस्सीले ६१ गोल गरेका मेस्सी २०१८ मा विश्वकप जित्ने लक्ष्य राखेका छन्। एउटा अन्र्तवार्ताका क्रममा मेस्सीले भनेका छन् , ‘विश्वकप ठूलो टूर्नामेंट हो सबैको सपना यो जीतने छ । रसियामा उपाधि जितेर हामी हाम्रो समर्थकलाई खुसी बनाउन चाहन्छौं” ।’-:मेस्सी

फीफा २०१८ विश्वकप सुरु हुन केहि महिना मात्र बाकी छ। यो फुटबलको सबैभन्दा ठूलो प्रतियोगित हो। खेलाडीहरुको लागि यो जीवनको सबैभन्दा ठूलो क्षण हो र केहि खेलाडीहरुको लागि यो अन्तिम विश्वकप हुन सक्छ ।
यो पनि पढ्नुहोस्:- यी खेलाडीहरुको लागि २०१८ विश्वकप अन्तिम विश्वकप हुन सक्छ!