“हामी लिभरपूल बिरुद्धको लागी तयार हुनेछौं”

एटलेटिको म्याड्रिडका गोलकीपर जान ओब्लाक भन्छन कि आफु च्याम्पियन्स लिग राउन्ड अफ १६को टाईमा उपाधि धारक लिभरपूल बिरुद्धको लागी तयार छन्।

ओब्लाकले मोहम्मद सालाह, रोबर्टो फिर्मिनो र सादियो माने, जस्ता युरोपको सबैभन्दा घातक आक्रमणकारीहरू मध्ये एकको सामना गर्न पर्नेछ तर उनी विश्वस्त छन् कि उनको टोली अर्को चरणमा जाने छ।

“लिभरपूल एक राम्रो टोली हो, तर हामी उनीहरूलाई ठूलो उत्साहका साथ सामना गर्नेछौं,” ओब्लाकले सोमबार ड्र पछि भने।

“मलाई कुनै सन्देह छैन कि यदि हामी हाम्रो योजनाको साथ राम्रोसँग गर्छौं भने हामी क्वाटर फाइनलमा प्रवेश गर्ने छौ।”