“हामी यो सिजन ४ उपाधिहरू जित्न सक्छौ”

म्यानचेस्टर सिटीले यो सिजन ४ उपाधिहरू जित्न सक्ने सिटीका स्टार लेफ्ट ब्याक ओलेक्जेन्डर जिन्चेन्को विश्वास छ।

च्याम्पियन्स लिगमा अन्तिम १६को दोस्रो लेगको खेलहरू अगाडी एक अन्तर्वार्तामा युक्रेनियन फुल ब्याकले यो सिजन सिटीले क्वाडड्रुपल जित्न सक्ने बताए।

हाल सिटी लिगको शीर्ष स्थानमा रहेको छ र सिटीले अप्रिलमा लिग कप फाइनलमा खेल्ने छ, र एफ ए कप र च्याम्पियन्स लिगमा सिटीको मौका जीवित रहेको छ र सिटीको प्रदर्शन पनि निकै राम्रो रहेको छ।

“हामीसँग अविश्वसनीय टोली छ, विश्वका सर्वश्रेष्ठ खेलाडीहरू पनि छ। – ओलेक्जेन्डर जिन्चेन्कोले बताए।

“बायर्न म्यूनिखले गत वर्ष सबै जितेर देखायो। बार्सिलोनाले पेपको साथ पनि गरे र मलाई लाग्छ सबै सम्भव छ।

“ड्रेसिङ रुम भित्र मैले जितको भोक देख्न सक्छु, सबै जना शीर्षकको भोकमा छन् र यो कुरा तपाईँ आफ्नो टिममा चाहनुहुन्छ।

“यो मौका अहिले नै छ म भन्छु यो हाम्रो क्यारियरको सब भन्दा महत्त्वपूर्ण दुई महिना हो।”