“हामी यो सिजनमा प्रिमियर लिग जित्न सक्छौं”

नोभेम्बर महिनाको प्रिमियर लिगको प्लायेर अफ द मन्थ विजेता ब्रुनो फर्नान्डेजको विश्वास छ कि उनको टिम म्यान्चेस्टर युनाइटेडले यो सिजन लिग जित्न सक्छन।

पोर्तुगलका स्टार ब्रुनो फर्नान्डेजको प्रदर्शन हाल युनाइटेडमा निकै राम्रो रहेको छ भने उनले प्रिमियर लिगको प्लायेर अफ द मन्थ अवार्ड पनि जितेका छन्।

हाल युनाइटेड लिगको सातौं स्थानमा रहेको छ भने २६ बर्षेका स्टार आफु व्यक्तिगत सम्मानले मात्र सन्तुष्ट नरहेको र क्लब संग उपाधि जित्ने उनको चाहना रहेको उनले बताए।

“यी मध्ये एउटा जित्नु गाह्रो छ, मैले मेरो तेस्रो जितेकोमा साँच्चिकै गर्व छु,” नोभेम्बर महिनाको प्रिमियर लिगको प्लायेर अफ द मन्थको अवार्ड जितेको ’bout ब्रुनो फर्नान्डेजले बोले।

“[तर] जब म प्रिमियर लिग जित्छु म धेरै खुशी हुनेछु। इंग्ल्याण्डमा आउनु, यति विशाल क्लबमा, प्रिमियर लिग जित्नको लागि थियो र मलाई लाग्छ हामीसँग यो गर्ने मौका छ यो सिजनमा छ।”