“हामी युरोपा लिग खेल्ने टिम बन्ने छैनौँ”

हाल लिभरपुल लिगको सातौँ स्थानमा रहेको छ र च्याम्पियन्स लिगको ठाउँ सुरक्षित गर्न लिभरपुल लिगको शीर्ष ४ भित्र पर्नु पर्ने हुने छ र हालको फमको कारण सो कुरा गाह्रो रहेको देखिन्छ जसको मतलब यो सिजन च्याम्पियन्स लिग जित्न असफल रहे लिभरपुलले अर्को सिजन युरोपा लिग खेल्न बाध्य हुने छ।

दुई सिजन अघि मात्र लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो र युरोपा लिग खेल्न पर्ने अवस्था आउने सम्भावना रहेको बेला सो ’bout लिभरपुलका कोच क्लोपले बोलेका छन्।

युरोपा लिग खेल्न परे पछि धेरै समय सम्म च्याम्पियन्स लिगमा फर्किन क्लबहरूलाई फर्किन गाह्रो हुने गरेको छ तर लिभरपुललाई त्यस्तो नहुने क्लोपले दाबी गरे।

उनले भने: “यो क्लब च्याम्पियन्स लिगबाट नियमित रूपमा बाहिर जाने छैन- यो वर्ष गाह्रो छ, हामीलाई थाहा छ, तर क्लबको क्षमता र शक्ति बिलकुलै भिन्न कुरा हो।

“मलाई १० वर्ष अघिको टोलीको ’bout थाहा छैन तर हामी यस युगमा लडाई को लागि तयार छौँ, र हामी टोली सँगै छौँ।

“सिजनहरूको गति तेज छ र हामीले यो साल वास्तवमै राम्रो गर्न मौका पाएनौँ, यो सत्य हो, तर यो क्लब राम्रो स्थानमा छ।