“मेरो गल्तीको कारण हामी पराजित भयौँ”

हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको थियो उक्त खेलमा कप्तान ५५ औँ मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले निकै अनौठो रुपमा रातो कार्ड पाए पछि नेदरल्यान्ड्सलाई पराजित गर्न चेक रिपब्लिकलाई सहज भएको थियो।

डि बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिइएको थियो र खेल पछि उक्त हार आफ्नो आफ्नो गल्तीमा भएको म्याथिस डी लिग्टले स्वीकार गरे।

“पक्कै पनि यो खराब देखिन्छ। मैले बललाई बाउन्स हुन नदिन पर्ने थियो,” उनले डच मिडिया एनओएसलाई भने।

“यो मेरो नियन्त्रणमा थियो। बल आयो र मैले त्यसलाई बाउन्स गरे। म मैदानमा लडे जसको कारण मैले मेरा हातहरू प्रयोग गर्न खोजे र हातमा बल लग्न पुग्यो ।

“त्यस क्षणले खेल परिवर्तन गर्‍यो र म जिम्मेवार महसुस गर्दछु। रातो कार्ड पछि केटाहरूले कसरी अझै राम्रो सँग खेले मैले देखे र म यसमा गर्व गर्दछु। तर मलाई यस घटनाको ’boutमा नराम्रो लाग्छ।”

“दिनको अन्तमा म जिम्मेवार महसुस गर्दै छु। मैले ऐनामा हेर्नु पर्छ। मलाई लाग्छ यो समूहले सबै हासिल गर्न सक्छ तर हाल हामी अझै भावनात्मक छौ।