“हामी मध्ये एक जना झगडा गर्न र अर्को टोक्न सिपालु”

एटलेटिको म्याड्रिडका स्टार स्ट्राइकर डिएगो कोस्टाले लुइस सुआरेजको आगमन ’bout हास्यास्पद प्रतिक्रिया दिएका छन्। एटलेटिको संगको पहिलो खेलमा सुआरेजको निकै राम्रो खेल रहेको थियो र ग्रनाड़ा बिरुद्धको ६-१ जित पछि डिएगो कोस्टाले लुइस सुआरेजको आगमन ’bout निकै हास्यास्पद प्रतिक्रिया दिए।

उनले आफ्नो र सुआरेजको ईतिहास ’bout मजाक गर्दै बोले। “उनि एकदम राम्रो खेलाडी हुन्, हामी मध्ये एक जना झगडा गर्न सक्छ र अर्कोले टोक्ने काम गर्न सक्छ,” २०१४को विश्वकपमा इटालीको जर्जियो चिलीनीलाई सुआरेजको टोकाइ सम्झँदै कोस्टाले मजाक गरे।

६ सिजनमा १९८ गोल गरेका खेलाडी क्लबले भित्राएकोमा आफु खुसी रहेको कोस्टाले बताए। “लुइसलाई भित्राउन पाएकोमा हामी धेरै भाग्यशाली छौं, बार्साले उनलाई कसरी बेच्ने निर्णय लिए होला मलाई थाहा छैन।” कोस्टाले भने।

“उनले हामीलाई धेरै गोलहरू गर्न मद्दत गर्ने छन् उनि एक योद्धाको भावना र ट्राफी जित्ने भोक भएका खेलाडी हुन्। मलाई आशा छ कि उनले हाम्रो प्रशंसकहरूको लागि अर्को ट्रफी जित्न मद्दत गर्न सक्छन, तर हामीले प्रत्येक खेलमा राम्रो गर्नु पर्छ।”