हामी बार्सिालोनाला हराउछौं र मेसीलाई निरास बनाउँछौं

फ्रान्सेली क्लब लियोनका प्रशिक्षक ब्रुनो जेनेसियोले च्याम्पियन्स लिगको राउण्ड अफ १६ को भिडन्तमा बार्सिलोनालाई हराउने दावी गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो टोलीले सम्पूर्ण तागत लगाएर मेसीलाई रोक्नुपर्ने छ र बार्सिलोनालाई हराउनु पर्नेछ ।’

च्याम्पियन्स लिगको नकआउटर चरणको खेलमा लियोन र बार्सिलोनाबीचको पहिलो भिडन्त फेब्रुअरि १९ र दोश्रो लेख मार्च १३ मा हुंदैछ ।

‘यो अत्यन्त सुन्दर खेल हो, हामी बार्सिलोनालाई जित्नका लागि सक्षम छौं’ कोच बु्रनोले भनेका छन्, ‘हामीसँग तयारीका लागि प्रसस्त समय छ, हामी मेसीलाई रोक्ने योजना बनाउने छौं र उनलाई निरास बनाउने छौं, त्यसका लागि हामीले १ सय ५० प्रतिसत सक्षम हुनुपर्नेछ ।’