“हामी बार्सिलोना संगको खेल जित्नलाई खेल्ने छौं”

रियाल म्याड्रिड फुलब्याक ड्यानी कार्भाहाल भन्छन कि रियलले अर्को हप्ता बार्सिलोनालाई जित्ने छन्।

एल् क्लासीको डिसेम्बर १९ मा नाउ क्याम्पमा आयोजित हुनेछ।

“म क्याम्प नाउ जान चाहन्छु र जित्न चाहन्छु, अरू कुराले मलाई केही फरक पार्दैन,” कार्भाहालले भने।

“म अरू कुनै पनि मुद्दालाई बेवास्ता गर्न खोज्छु।

“हामीले बार्सिलोना भन्दा कम घण्टाको आराम पाएको छौ र जस्तो भ्यालेन्सियाको जस्तो टिम बिरूद्ध खेल पछि यसले हाम्रो खुट्टामा असर देखाउँदछ।”

सोमबार चैम्पियन्स लिगको ड्र हुने हुँदा कार्भाहाल लस ब्लान्कोसले कठिन टिमको सामना गर्ने विश्वास राख्छन्।

“पोत १ बाट जो कोहीले पनि हामीलाई गाह्रो पर्ने छ,” उनले थपे।

“[तर] हामी संग कसैको पनि डर छैन।

“त्यसबारे सोच्न समय आउँछ।”

“तर अहिले हामी एल् क्लासीकोमा ध्यान दिने छौ”।