“हामी पिएसजीलाई एक उत्कृष्ट टीम बनाउन चाहन्छौं”

पेरिस सेन्ट-जर्मेनका सुपरस्टार नेमारले क्लबमा आफ्नो भविष्य बारे बोलेका छन्। आफु पिएसजीमा रहन चाहेको र एम्बाप्पेले पनि क्लबमै रहने आफ्नो आशा रहेको नेमारले बताए।

उनले एक अन्तर्वार्तामा आफू र टिममेट एम्बाप्पेको बारे छलफल गरे। “म यहाँ धेरै खुशी छु र म पिएसजीमा रहन चाहन्छु र मलाई आशा छ कि एम्बाप्पे पनि रहन चाहन्छन्,” उनलेअन्तर्वार्तामा भने।

“अवश्य पनि, यो सबै फ्यानहरूको इच्छा हो, हामी पिएसजीलाई एक उत्कृष्ट टीम बनाउन चाहन्छौं र म यहाँ आफ्नो काम जारी राख्न चाहन्छु, फुटबल खेल्न चाहन्छु र खुसी हुन चाहन्छु।

“आज म धेरै खुसी छु, धेरै परिवर्तन भएको छ।