‘हामी ठुलो सुपरस्टारहरू बिना खेल जित्दै छौँ’

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला आफ्नो टिमको प्रदर्शनबाट खुसी छन्। हाल सिटी लिगको शीर्ष स्थानमा रहेको छ र क्लबमा ठुलो स्टार बिना पनि सिटीको राम्रो प्रदर्शन रहेको भनेर गार्डियोला आफ्नो टिमको प्रशंसा गरे।

पूर्व बार्सिलोना कोचले जोड दिए कि उनले आफ्नो कुनै खेलाडीलाई हालको टोलीबाट बेच्ने छैन – तर उनले स्वीकार गरे कि उनी क्लबमा एक सुपरस्टार प्रोफाइलको खेलाडी भित्राउन चाहन्छन्।

“हामीसँग यस्तो खेलाडी छैन जसले एकल प्रयासमा खेल जित्न सक्छ – हामीसँग मेस्सी, क्रिस्टियानो, किलियन वा नेमार छैन,” गार्डियोलाले भने। “हामीले टोलीको रूपमा खेल्दै छौ।

“म इमानदार हुनेछु, म त्यस्तो स्टार खेलाडी टिममा चाहन्छु जसले हरेक खेलमा चार गोल गर्ने छ र यी खेलाडीहरू जस्तै रन गर्न सक्ने छन्, म यो क्लबमा एक सुपरस्टार प्रोफाइलको खेलाडी चाहन्छु।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ