“हामी च्याम्पियन्स लिग जित्न सक्छौं”

रियाल म्याड्रिडका गोलकीपर थिबाउट कोर्टियसले जोर दिए कि उनीहरू यस सीजनमा च्याम्पियन्स लिग जित्न सक्षम छन्।

बेल्जियमका स्टार गोलकिपरको आशा छ कि उनको टिमले यस अभियानमा ट्रफीको लागि गम्भीर चुनौती खडा गर्न सक्ने छ। गत सिजन रियलको च्याम्पियन्स लिग यात्रा निराशाजनक रहेको थियो अन्तिम १६बाट नक आउट भएको रियल यो सिजन आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्यको साथ अघि बढ्ने कोर्टियसको विश्वास छ।

“च्याम्पियन्स लिग हाम्रो लागि धेरै महत्त्वपूर्ण छ, यो एकदम विशेष हो। यो जित्न धेरै महत्त्वपूर्ण छ,” उनले भने।

“मलाई यो टीममा भरोसा छ र मलाई लाग्छ कि हामी च्याम्पियन्स लिग जित्न सक्छौं। म्याड्रिड जस्ता टोली जहिले दाबेदारको रूपमा हुन्छ र हामीसँग यो जित्ने गुण छ।

“म टोलीलाई उत्साहित देख्छु। हामी जित्न चाहन्छौं। हामी म्याड्रिड हौं र हामी दाबेदार मध्ये एक हौं।

“हामी सबै प्रतियोगितामा केन्द्रित छौं। ला लिगामा धेरै राम्रो गर्नु र त्यसपछि च्याम्पियन्स लिगमा राम्रो गर्नु महत्त्वपूर्ण छ। ला लिगा जित्नु धेरै राम्रो छ र त्यसपछि च्याम्पियन जित्नु सधैं सपना हो। हामी दुबै उपाधि जित्न चाहन्छौं।”

रियलले च्याम्पियन्स लिगको पहिलो खेलमा शाख्तार डोनेट्स्कको सामना गर्ने छ।