‘हामी उपाधि जित्नकालागि आएका हौ’ – बालगोपाल महर्जन

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले आफुहरु साफको उपाधि जित्न बंगलादेश आएको बताएका छन् ।

‘हामी यहाँ उपाधिकालागि आएका हौ ।’ महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिकालागि लड्नेछौ ।’

उनले नेपाली टिममा नयाँ अनुहार समेत रहेको उल्लेख गर्दै खेलाडीले प्रतियोगिताकालागि कडा मेहनत गरेको बताए ।
नेपालले  आज पाकिस्तानसंग खेल्दै साफको सुरुवात गर्दैछ ।
नेपाली टिममा पाकिस्तानसंगै भुटान र बंगलादेश छन् ।

नेपाली टिम आईतबार ढाका पुगेको हो । खेलाडीले सोमबार ढाकाको स्थानीय मैदानमा सामान्य अभ्यास गरेका थिए ।

प्रशिक्षक महर्जनले साफमा सुमन अर्याललाई डेब्यु गराउने संकेत समेत गरेका छन् ।