‘हामी इतिहास रच्ने छौं’ – प्रशिक्षक बाल गोपाल महर्जन

माल्दिभ्सविरुद्ध हुने सेमिफाइनल खेलअघि प्रि म्याच कन्फरेन्समा प्रशिक्षक महर्जनले बुधबार नेपालको लागि ऐतिहासिक दिन हुने बताए । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म नपुगेको उल्लेख गर्दै प्रशिक्षक महर्जनले भने, ‘मेरो टिम, खेलाडीको ध्यान भोलिको सेमिफाइनल खेलमा छ । भोलि सारा नेपालीलाई खुसि दिलाउनेछौ । अहिलेसम्म हात पार्न नसकेको सफलता भोली हात पार्नेछौं ।’

यस्तै साफ च्याम्पियनसिपको ६ भेटमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन ।

तर, प्रशिक्षक महर्जनले इतिहास भन्दा पछिल्लो नतिजामा ध्यान दिने बताए । ‘विगतको नतिजा के भयो, त्यसमा नजाउ । हामीले पछिल्लो दुई बर्षको नतिजामा ध्यान दिनुपर्छ,’ महर्जनले थपे ।