“हामी इंग्लिश फुटबलको दुबै कप जित्ने प्रयास गर्ने छौं”- गार्डियोला

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला भन्छन कि सिटीले यो सिजन दुबै कप जित्ने प्रयास गर्ने छ।

गार्डियोला एफए कप र काराबाओ कप दुबै जित्न चाहन्छन – र उनले अर्को महिनाको रियल म्याड्रिड संगको च्याम्पियन्स लिगको खेललाई कम प्राथमिकता दिने बताए।

उनले भने: “म मेरो टोली एकदम परिवर्तन गर्ने छु, मैले म्याड्रिडबिरुद्धको खेलको लागि कुनै समस्या देखिन।

“खेलाडीहरुलाई एउटा ताल चाहिन्छ त्यसैले म सबैलाई संलग्न गराउन कोशिस गर्दैछु। सेर्जियोले १५ मिनेट मात्र शेफिल्ड युनाइटेडमा खेलेका छन् म ति खेलाडीहरू खेलाउने छु जसले फुलह्यामको बिरूद्धमा खेलेनन्।

“युनाइटेड खेलका लागि, म ति खेलाडी राख्ने छु जसले फुलह्यामको बिरूद्ध खेल्दैनन्।

“आशा छ यो हुने छैन, तर हामीलाई थाहा छ खेलाडीहरु चोटग्रस्त हुने सम्भावना छ। यदि त्यो हुन्छ भने अर्को खेलाडीले खेल्ने छ। म येति मात्र गर्न सक्दछु। “