“हामी आशा गर्छौं कि बेलले चाडै रियल म्याड्रिड छोड्ने छन् भनेर”- जिदान

गैरेथ बेलले रियल मेड्रिड छोड्ने पक्का पक्कि हुँदै गर्दा रियलका कोच जिदानले क्लबमा उनको अवस्था बारे बोलेका छन्।

३० वर्षका बेल आउँदो सिजनको लागि नयाँ क्लबमा जाने पुष्टि भैसकेको छ र बायर्न म्यूनिख संगको ३-१ को हारमा पनि उनि टिममा थिएनन् र उक्त निर्णय बारे जिदानलाई प्रस्न गर्दा उनले बेल क्लब छोड्ने बाट निकै नजिक रहेको बताए।

“बेल रियल छोड्ने धेरै नजिक छन् तेइ भएर उनले आजको खेल खेलेनन्, हामी आशा गर्छौं कि उनले चाडै क्लब छोड्ने छन्”
“उनले चाडै क्लब छोडे सबैको लागि राम्रो हुने छ, उनलाई नयाँ क्लबमा पठाउन हामी काम गर्दै छौ”
“उनि संग मेरो व्यक्तिगत समस्या छैन, तर हामी समय अनुसार जान पर्छ। मैले निर्णय लिन पर्ने थियो, हामीले परिवर्तनहरु गर्ने पर्छ”- जिदान