“हामी अर्को वर्ष च्याम्पियन्स लिग खेल्न योग्य छैनौं”

प्रिमियर लिगमा न्यूकासल युनाइटेड सँग लिभरपुल १-१को बराबरीमा रोके पछि लिभरपुलका कोच खुसी छैनन्। यो सिजन लिभरपुल च्याम्पियन्स लिगबाट नकआउट भए पछि अर्को सिजन च्याम्पियन्स लिग खेल्न लिभरपुल लिगको शीर्ष ४ रहनु जरुरी छ तर हाल लिभरपुल असफल हुँदै गएको छ।

हाल लिभरपुल लिगमा छैटौँ स्थानमा रहेको छ भने लिभरपुल अन्तिम दुई खेलमा अङ्क गुमाएको छ। न्यूकासल युनाइटेड सँग लिभरपुलको १-१ पछि क्लोपले लिभरपुल अर्को सिजन च्याम्पियन्स लिग खेल्न योग्य नरहेको दाबी गरे।

अर्को सिजन च्याम्पियन्स लिगमा पुग्न गाह्रो हुँदै गरेको बारे क्लोपले बिटि सपोर्टलाई भने: “यदि तपाईँ योग्य हुनुहुन्छ भने, तपाईँ यसको योग्य हुनुहुन्छ।

“हाल म हामी अर्को वर्ष च्याम्पियन्स लिग खेल्न योग्य रहेको देख्दिन।”

प्रिमियर लिगमा न्यूकासल युनाइटेड सँग लिभरपुल १-१को बराबरी पछि च्याम्पियन्स लिग दौडमा रहेको लिभरपुल धक्का पुगेको छ र आफ्नो टिमको खेलबाट क्लोप खुसी छैनन्।