“हामीले सेलेब्रेट गरेनौँ, हामी सँग विपक्षी टिमको लागि सम्मान छ”

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै होममा लिभरपुल  सँग ५-०को लज्जास्पद हारको सामना गरेको थियो। खेलमा लिभरपुलले पहिलो हाफ मै ४-० बनाएको थियो भने दोस्रो हाफमा लिभरपुलले अर्को एक गोल थपेको थियो।

खेल पछि उक्त जितको ’bout लिभरपुलका कोच योर्गेन क्लोपले एक अन्तर्वार्तामा आफ्नो टिमले धेरै सेलेब्रेट नगरेको बताए भने विपक्षी टिमको लागि लिभरपुल सँग सम्मान रहेको उनले बताए।

“यो वास्तवमै राम्रो दिन हो – ठुलो दिन। यो क्लबको इतिहासमा सानो अध्याय हो,” क्लोपले भने।

उनले थपे: “सबैले भविष्यमा पनि यसको ’boutमा कुरा गर्नेछन् ’cause यो लामो सम्म फेरि हुने छैन।”

“म के भन्न सक्छु? के मैले त्यो अपेक्षा गरेको थिएँ? मैले थिएन।

“नतिजा आश्चर्यजनक छ। यो विशेष छ तर हामी पागल जस्तै सेलेब्रेट गर्दैनौँ, हामी सँग विपक्षी टिमको लागि सम्मान छ”।

“हामी केही क्षणमा भाग्यशाली थियौँ, युनाइटेड उनीहरूको उत्कृष्ट क्षणमा छैन।”

खेलमा लिभरपुलका मोहम्मद सालाहले ह्याट्रिक गरे भने केइता र जोताले एक एक गोल गरे । जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ७ औँ स्थानमा झरेको छ ।