“हामीले सही निर्णय गरेका छौँ किनकि बार्सिलोना सबैभन्दा माथि छ”- जोआन लापोर्टा

ला लिगा क्लब बार्सिलोनाका अध्यक्षले मेस्सीलाई क्लब छोड्न दिने क्लबको निर्णयको पक्षमा बोलेका छन्। मेस्सी बार्सामा रहने धेरै विश्वास रहेको बेला अन्तिम समयमा बार्सा उनी सँग सम्झौता विस्तार गर्न असफल रहे पछि मेस्सी क्लब छोड्न बाध्य भए।

मेस्सी क्लबमा रहन आफ्नो तलब कटौती गर्न तयार थिए तर अन्तिम समयमा वार्ता भङ्ग भए पछि मेस्सी फ्रेन्च क्लब पिएसजीमा जान पुगे।

मेस्सीले क्लब छोडे पछि फ्यानहरू धेरै आक्रोशित छन् तर क्लबका अध्यक्ष जोआन लापोर्टाले क्लबको निर्णयको पक्षमा बोलेका छन्।

लापोर्टाले भने, “मलाई लाग्छ कि मेस्सी र क्लब बिच सफल सम्बन्ध थियो जुन धेरै वर्ष सम्म चलेको छ र अन्त मा यो बिग्रेको छ,”

“उनको प्रस्थानको कार्यक्रम अनौठो लाग्यो। बार्सिलोनाका सबै प्रशंसकहरू जस्तै, म पनि उनलाई बार्सिलोनामा देख्न रुचाउँछु, तर हामीले सही निर्णय गरेका छौँ किनकि बार्सिलोना सबैभन्दा माथि छ।

“म उनको लागि सबै भन्दा राम्रो चाहन्छु, म उनलाई खुसी देख्न चाहन्छु, उहाँ यसको हकदार हुन्। अब सायद हामी प्रतिद्वन्द्वी हुनेछौँ र प्रतिद्वन्द्वीको रूपमा हामीले उहाँको सामना गर्नुपर्नेछ।”