“हामीले विश्वकप जित्ने सम्भावना छैन”

यो वर्षको फिफा विश्वकप बेल्जियमले जित्न नसक्ने बेल्जियमका सुपरस्टार केभिन डे ब्रोइनाको विश्वास रहेको छ भने २०१८को विश्वकप नै बेल्जियमको अन्तिम मौका भएको डे ब्रोइनाले दाबी गरे।

बेल्जियमको धेरैजसो “गोल्डेन जेनेरेसन”का खेलाडीहरूको उमेर धेरै भैसकेको डे ब्रोइनाको विश्वास छ जसमा हाजार्ड, जेन भेर्टोङ्गेन र डे ब्रोइना आफैं पनि छन्।

द गार्डियनले बेल्जियमले विश्वकप जित्न सक्छ कि भनेर सोध्दा, डे ब्रोइना जवाफ दिँदै भने: “कुनै सम्भावना छैन, हाम्रो उमेर धेरै भैसकेको छौँ।

“मलाई लाग्छ हाम्रो सबैभन्दा राम्रो मौका २०१८मा थियो। हामीसँग राम्रो टोली छ, तर यो ‘बुढो टिम’ हुँदै छ। हामीले केही प्रमुख खेलाडी पनि गुमायौँ ।

“हामीसँग केही राम्रा नयाँ खेलाडीहरू आउँदै छन्, तर तिनीहरू त्यो स्तरमा छैनन् जुन अन्य खेलाडीहरू २०१८ मा थिए। म हामीलाई बाहिरका रूपमा देख्छु।

बेल्जियमले यो विश्वकपको आफ्नो पहिलो खेलमा क्यानडा विरुद्ध सङ्घर्षपूर्ण १-०को जित हासिल गरेको थियो भने उक्त खेलमा डे ब्रोइना आफ्नो टिम र आफ्नै खेलबाट सन्तुष्ट थिएनन्। अब बेल्जियमले मोरक्को र क्रोएसिया विरुद्ध खेल्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ