“हामीले दुई वटा पेनाल्टी पाउनु पर्ने थियो”

रियल म्याड्रिडका कप्तान सर्जियो रामोस भन्छन् कि बार्सिलोनासंगको एल क्लासिकोमा रियलले दुई वटा पेनाल्टी पाउनु पर्ने थियो ।

दुबै घटनामा रियलका राफाएल भरान संलग्न थिए।

“हामीले यसलाई खेलको पहिलो हाफमा देख्यौं र यो स्पष्ट छ कि त्यहाँ दुई वटा पेनाल्टी दिनु पर्ने थियो, तर अब मैले जे भने पनि त्यसले केही फरक पार्दैन,” रामोसले भने।

“हाम्रो दुर्भाग्य थियो, तर हामी यसमा अडिग रहनेछैनौं। हामीले हाम्रो राम्रो खेल देख्यौं र यसको बाबजुद पनि हामी जित्न सकेनौं, यो दु: खीको कुरा हो ।