“हामीले डेभिड सिल्भाको विकल्प साइन गर्ने छैनौं”

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलालेआउँदो महिना डेभिड सिल्भाको प्रतिस्थापनमा नयाँ खेलाडी हस्ताक्षर नगर्ने सुझाव दिए।

अनुभवी स्पेनिश मिडफिल्डर क्लबमा एक दशक पछि सिटी छोड्ने क्रममा छन् ।

उनको सम्झौता अन्त्य हुदै छ र उनि क्यारियरको अर्को अध्यायमा जाने खबर छ, र उनि स्पेन फिर्ती जाने पनि खबर रहेको छ।

गार्डियोलाले ब्बताये कि सिटीले उनको विकल्पको लागि नयाँ खेलाडी खरीद गर्ने छैन।

“मलाई लाग्दैन कि हामी यस स्थितिमा केहि गर्न गइरहेका छौं, मलाई लाग्दैन कि हामी कसैलाई पनि हस्ताक्षर गर्नेछौं,” उनले पत्रकारहरुलाई भने।

“हुनसक्छ म मेरो सोच परिवर्तन गर्नेछु यो आउँदो ६ महिनामा निर्भर गर्दछ, तर मसँग अन्य प्राथमिकताहरू छन् र मलाई लाग्दैन कि म किन्ने छु किनभने हामी संग धेरै राम्रो खेलाडीहरु छन् ।

“बर्नार्डो त्यहाँ खेल्न सक्छन, फिल पनि छ, हामीसंग (इक्के) गुन्डोगन छ, हामीसँग केभिन पनि छ त्यसैले मलाई यो लाग्दैन कि हामी यस स्थानमा केहि पनि गर्नेछौं।

“यो मेरो विचार हो, हामी सिजनको अन्त्यमा हेर्नेछौं।”