बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान कोपा डेल रेमा कोर्नेला बिरुद्धको जित पछि पनि धेरै खुसी थिएनन्। बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा पुगे, तर रोनाल्ड कोम्यान आफ्नो पक्षलाई गोल गर्न अतिरिक्त समय पुग्न परेको मा खुसी थिएनन् र सो खेलमा बार्साले २ पेनाल्टी मिस गरे।
🎤 Koeman: “Apart from Messi, we don’t have any players who can score penalties consistently. We have to train it more and improve on this aspect.” pic.twitter.com/WC7ltX3pTr
— Total Messi™ (@TotalLeoMessi) January 21, 2021
“मुख्य कुरा सँधै अर्को चरणमा पुग्नु हो, तर हामी खुसी हुन सक्दैनौं किनकि हामीले अवसर र पेनाल्टी गुमायौं र यी खेलहरूमा तपाईको जिम्मेवारी हुनु आवश्यक छ,” कोम्यानले खेल पछि भने।
“फेरि यो १२० मिनेटको खेल रह्यो,। हामीले फेरी पनि अवसरहरु र पेनाल्टी मिस गर्यौ।
बार्सिलोनाको पेनाल्टी रेकर्ड यस सिजन नराम्रो रहेको छ र बार्साले १२मा ५ पेनाल्टी मिस गरेका छन् र मेस्सीले मात्र पेनाल्टीमा राम्रो गरेका छन्।
Ronald Koeman: “We had enough chances to score, and we missed two penalties… You can’t say many more things. We lack effectiveness and we are Barça, we have to have more personality to win the game earlier.”
— barcacentre (@barcacentre) January 21, 2021
“कुनै दर्शक नभएको कारण पेनाल्टी लिन दबाब छैन। चिसो दिमागको साथ पेनाल्टी लिन जरुरी छ,” कोम्यानले भने।
“लियो [मेस्सी] बाहेक, हामीसँग कोही पनि छैन जो पेनाल्टीमा राम्रो गर्दै छन् र यो रेकर्डले देखाउँछ। हामीले पेनाल्टीमा थप तालिम दिन र त्यस क्षेत्रमा सुधार गर्नका लागि धेरै कुरा गर्नुपर्नेछ।
“यो डर हुन सक्छ, मलाई वास्तवमै थाहा छैन किन हामीले यति धेरै पेनाल्टी मिस गर्यौ। बार्सिलोनाका खेलाडी भए पछि दुई पेनाल्टी गुमाउन सक्नुहुन्न। यो गम्भीर छ।”