टोटनह्यामका स्टार ह्युङ मिन सनले आफ्नो टोली प्रिमियर लिग जित्न सक्षम रहेको दाबी गरेका छन् ।
यो सिजन टोटनह्यामको चिर प्रतिद्वन्द्वी आर्सनल निकै उत्कृष्ट फम रहेको छ र हाल लिग लिडरको रूपमा रहेको आर्सनल विरुद्ध टोटनह्यामले आइतबार खेल्ने छ र उक्त खेल अघि टोटनह्यामका स्टार ह्युङ मिन सनले आफ्नो टिमले लिग पनि जित्न सक्ने दाबी गरेका छन्।
Son Heung-min insists Tottenham can still WIN title despite trailing Arsenal by 11 pointshttps://t.co/keFp21d4KB
— The Sun Football ⚽ (@TheSunFootball) January 13, 2023
द मिररका अनुसार लिग उपाधिको वारेमा सोध्दा, सनले भने: “हामी अन्य कपलाई प्राथमिकता दिँदैनौँ।
“प्रिमियर लिग धेरै लामो छ र यो लिगमा सधैँ केही पनि हुन सक्छ। चेल्सी र लिभरपुलले पनि दबाब दिइरहेका छन् ।
“लिगमा अझै धेरै खेलहरू बाँकी छ। हामी अझै पनि [लिग जित्ने] मा विश्वास गर्छौँ किनभने हामी सँग सकारात्मक खेलाडीहरूको समूह छ।
“हामीले हामीसँग भएको सबै कुरा दिनु पर्छ तर स्पष्ट रूपमा, च्याम्पियन्स लिग र एफए कप क्लब, खेलाडी र प्रशंसकहरूका लागि साँच्चै महत्त्वपूर्ण छन्।”
उनले आर्सनलको वारे थपे: “हामी अवे खेलमा उनीहरूसँग हारेका थियौँ, त्यसैले यसलाई राम्रो बनाउन हामीले [यस हप्ता] धेरै गृहकार्य गरेका छौँ। मलाई लाग्छ कि हामी इमिरेट्समा हारेपछि फ्यानहरू वास्तवमै निराश थिए, त्यसैले मलाई लाग्छ कि हामी सँग होममा गर्न ठुलो काम छ। सबै जना आफ्नो सबै दिन तयार हुनुपर्छ र हामी खेल्न तयार छौँ।”
लिगको ५औ स्थानमा रहेको टोटनह्यामले आफ्नो चिर प्रतिद्वन्द्वी आर्सनल सँग आइतबार नेपाली समय अनुसार रति १०:१५मा खेल्ने छ । आर्सनल हाल लिगको शीर्ष स्थानमा रहेको छ र आर्सनल स्पर्स भन्दा ११ अंकले अघि रहेको छ।