प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले एभर्टनसँग बराबरी खेल्दै अङ्क बाडेको थियो । शनिवार राति भएको खेलमा युनाईटेड घरेलु मैदानमा २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
Manchester United manager Ole Gunnar Solskjaer said his side cannot be considered title contenders after they twice blew a lead to draw 3-3 with Everton at Old Trafford on Saturday. https://t.co/eIqWkX2VnU
— Reuters Sports (@ReutersSports) February 7, 2021
खेल पछि म्यान्चेस्टर युनाइटेडका कोच ओले गुन्नार सोल्सजारले लिग दौडको बारे बोल्दै युनाईटेड लिग जित्ने दाबेदार नरहेको बताए।
खेल पछि ओले गुन्नार सोल्सजारले भने : “हामीले दोस्रो हाफमा केही राम्रो फुटबल खेल्यौँ तर टार्गेटमा तीन शटबाट तीन गोल खायौँ,”
“म गोलको लागि कसैलाई दोष गर्दिन हामी सबैले एक टिमको रूपमा राम्रो गर्न सक्नु पर्छ।
🗣| Ole Gunnar Solskjaer:
“We are not talking about winning titles, we should not even be considered as title chasers, that is one for you”
😂😂😂
pic.twitter.com/iuXPFUhbh5— City Chief (@City_Chief) February 6, 2021
बराबरी पछि सिटी सँग लिगमा पछि परेको प्रश्न बारे उनले बोले: “हामी उपाधि जित्ने कुरा गरिरहेका छैनौँ,” ओले गुन्नार सोल्सजारले भने। “हामी, यो टोली लामो यात्रामा आएका छौँ, ।
“हामीलाई लिग जित्ने दाबेदार मान्नु हुँदैन। त्यो बढी कुराहरू तपाईँ (मिडियाहरू) ले गर्नु हुन्छ।
“हामीले टिमको रूपमा राम्रो गर्नु पर्छ र हामी कहाँ पुग्ने छौ र अगाडि बढ्दै गर्दा कम गोल खाने प्रयास गर्नु पर्छ।”