हाजार्ड बोरुसिया डर्टमण्डमा अनुबन्धित

बेल्जियमका थोर्गन हाजार्ड जर्मन क्लब बोरुसिया डर्टमण्डमा अनुबन्धित भएका छन् । बोरुसिया मोञ्चेनग्लाडवाचका २६ वर्षीय थोर्गनले डर्टमण्डसंग पाँच वर्षे सम्झौता गरेका छन् । थोर्गन इन्ग्लिश क्लब चेल्सीका स्टार इडेन हाजार्डको भाई हुन् ।

डर्टमण्डले थोर्गनको अनुबन्ध मूल्य खुलाएको छैन । तर, थोर्गनलाई क्लबले २५ देखि ४० मिलियन पाउण्डमा अनुबन्ध गरेको जनाएको छ । थोर्गनले मोञ्चेनग्लाडवाचमा १८२ खेलमा ४२ गोल गरेका थिए ।

डर्टमण्ड आएसंगै थोर्गनले अब क्रिस्टियन पुलिसिचको स्थान लिनेछन् । पुलिसिच सिजनको अन्त्यसंगै चेल्सी फर्किएका छन् ।