हाजार्डले मागे माफी

स्पेनिस क्लब रियल म्याड्रीडका स्टार खेलाडी इडिन हाजार्डले फ्यान्सहरुसंग माफी मागेका छन् ।

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा चेल्सीबिरुद्ध २-० को हार बेहोरे पछि हाजार्ड पुर्व टिममेट्स अर्थात चेल्सीका खेलाडीहरुसंग हास्दै ठट्टा गरेको भिडियो क्यामेरामा कैद भएको थियो ।

उक्त बेहोरा देखे पछि रियलका फ्यानहरु हाजार्ड माथी निकै आक्रोसित थिए ।

हाजार्डले आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दै फ्यान्सहरुलाई “शरी” भन्दै माफी मागेको हो ।