हलान्ड साइन गर्न मेस्सीले बार्सालाई मद्दत गर्ने

डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्ड साइन गर्न इच्छुक रहेको क्लबहरू मध्ये बार्सिलोना पनि एक हो । बार्सा अर्लिङ हलान्ड साइन गर्न इच्छुक रहेको धेरै चर्चा छ भने आउँदो ग्रीष्मकालीन विन्डोमा उनलाई बार्साले आफ्नो प्राथमिकता बनाउने खबर हुँदा क्लबका सुपरस्टार मेस्सीले आफ्नो क्लबलाई मद्दत गर्ने खबर छ।

हालको अवस्थामा क्लबहरू आर्थिक कठिनाइको सामना गर्दै गरेको छ र बार्सा जस्तो क्लबमा खेलाडीहरूको तलब पनि ठुलो खर्चको श्रोत बन्ने गरेको छ। क्लबहरूलाई हालको अवस्थामा स्टार खेलाडीहरू साइन गर्न गाह्रो हुने छ र यसमा बार्साको कुनै अपवाद छैन र खबर अनुसार क्लबका सुपरस्टार मेस्सी बार्सालाई आफ्नो तलब कम गरेर मद्दत गर्न चाहन्छन्।

युरोस्पोर्ट्सका अनुसार मेस्सी क्लबमा हलान्ड जस्तो स्टार खेलाडी साइन गर्न तलब तलब कटौती स्वीकार गर्न तयार छन्। बार्सिलोना फेरि च्याम्पियन्स लिग जित्न चाहन्छन् भन्ने दृढ सङ्कल्प साबित गर्न मेस्सी आफ्नो तलब कटौती स्वीकार गरेर नयाँ स्टार खेलाडीहरू क्लबमा भित्राउन मद्दत गर्न चाहन्छन्। खबर अनुसार उनी आफ्नो तलबमा ५० प्रतिशत सम्मको कटौती स्वीकार गर्न तयार छन्।

डार्टमन्डले उनको लागि €१८० मिलियनको माग गर्ने खबर छ। अन्य धेरै क्लब पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ। रियल र म्यान सिटी उनलाई साइन गर्न धेरै इच्छुक रहेको चर्चा हुँदा बार्साले पनि उनलाई आफ्नो प्राथमिकता बनाउने जानकारी हुँदा मेस्सी उनलाई क्लबमा भित्राउन मद्दत गर्न इच्छुक रहेको चर्चा छ।