हलान्ड र एम्बाप्पेले आफूले सामना गरेको सबैभन्दा कडा विपक्षी खेलाडीको नाम लिए 

हलान्ड र एम्बाप्पे हाल फुटबलको स्टारहरू बन्न सफल भएका छन्। दुवै खेलाडी माथि ठुलो क्लबहरूको नजर रहेको छ भने दुवै खेलाडीले आफ्नो प्रतिभाको कारण विपक्षी खेलाडीहरूलाई गाह्रो गर्ने गर्छन्। तर केही खेलाडीहरूले आफूलाई पनि खेलमा गाह्रो बनाएको उक्त दुई स्टारले स्वीकार गरे भने दुवैले आफूले सामना गरेको सबैभन्दा कडा विपक्षी खेलाडीको नाम लिएका छन्।

२० वर्षीय हलान्डले आफूले सामना गरेको सबैभन्दा कडा प्रतिद्वन्द्वी लिभरपूलका स्टार भर्जिल भ्यान डाइक रहेको बताए, र भ्यान डाइक “अविश्वसनीय खेलाडी” रहेको उनले दाबी गरे।

नर्वेका स्टारले ईएसपीएनलाई भने: “भर्जिल भ्यान डाइक।

“उहाँ धेरै राम्रो हुनुहुन्छ। उहाँ शक्तिशाली, छिटो छन् र उहाँसँग सबै गुणहरू छ। उहाँ एक अविश्वसनीय खेलाडी हुनुहुन्छ।”

हलान्डले उनको विरुद्ध २०१९को च्याम्पियन्स लिगमा खेलेका थिए जब लिभरपुल र आरबी साल्जबर्ग बिच खेल भएको थियो।

पिएसजीका स्टार किलियन एम्बाप्पेले भने इटालियन लेजेण्ड जियानलुइजी बुफनको नाम लिएका छन्। उनले ए एस मोनाको एफसीको साथ खेल्ने क्रममा २०१७को च्याम्पियन्स लिग सेमिफाइनलमा बुफनको युभेन्टस विरुद्ध खेलेका थिए।

एक अन्तर्वार्तामा उनलाई आफूले सामना गरेको सबैभन्दा कडा विपक्षी खेलाडीको बारे प्रश्न हुँदा उनले सरल रूपमा इटालियन लेजेण्ड जियानलुइजी बुफनको नाम लिए।