हलान्डले अर्को सिजन डोर्टमण्ड छाड्ने संभावना न्यून

एजेन्सी, बोरुसिया डोर्टमण्डले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सुनिश्चित भए सँगै क्लबको युवा स्टार खेलाडी अर्लिङ हलान्डले अर्को सिजन क्लब छाडेर जाने संभावना झन न्यून देखिएको छ।

बोरुसिया डोर्टमण्डका प्रमुख कार्यकारी निर्देशकले केही दिन आगडी अर्लिङ हलान्ड अर्को वर्ष पनि डोर्टमण्डमा नै रहने कुरा जनाएता पनि डोर्टमण्डले अर्को सिजन च्याम्पियन्स लिग नखेलेको खण्डमा उनले क्लब छाड्न सक्ने आंकलन गरिएको थियो।
रिपोर्टका अनुसार म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड जस्ता धेरै क्लबहरु उनलाई भित्र्याउन चाहेता पनि कोभिड १९ का कारण परेको आर्थिक असरका कारण थोरै क्लबहरु मात्र उनलाई अर्को सिजन भित्र्याउन इच्छुक छन्।

रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५-१०० मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ। उनी २०१९ मा २० मिलियन युरोमा साल्जबर्गबाट डोर्टमण्डमा अनुबन्धित भएका थिए।उन्ले डोर्टमण्डका लागि ५७ खेलमा ५५ गोल गरि सकेका छन्।