हलान्डलाई साइन गर्न सक्ने यी ५ क्लबहरू

डर्टमन्डका नर्वेजियन स्ट्राइकर अर्लिङ हलान्डको हाल धेरै चर्चा हुने गरेको छ। डर्टमन्डमा उनको प्रदर्शनको कारण उनी माथि धेरै क्लबहरूको नजर रहेको छ।

ट्रान्सफर विन्डो नजिक हुँदै गर्दा हलान्डको नयाँ क्लब कुन हुने भनेर दैनिक कुराहरू हुने गरेको छ भने युरोपको ठुलो क्लबहरू उनलाई भित्राउन तयार अवस्थामा रहेका छन्।

२० वर्षका युवा स्टार साइन गर्न धेरै क्लब इच्छुक रहे पनि डर्टमन्डले उनको लागि माग गर्ने रकम तिर्न सबै क्लब सक्षम भने हुने छैन। हाल उनको बजार मूल्य £१५० रहेको छ भने डर्टमन्डले उनको लागि £१८० मिलियन सम्म मग्न सक्ने जानकारी रहेको छ।

उनको ट्रान्सफर मूल्य र तलब खर्च तिर्न हालको अवस्थामा धेरै क्लबलाई गाह्रो हुने छ र स्काई स्पोर्ट्सले हलान्डलाई साइन गर्न सक्ने ५ क्लबहरू रहेको दाबी गरेको छ।

बेलायती स्पोर्ट्स च्यानल स्काई स्पोर्ट्सका अनुसार रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सी उनलाई साइन गर्न धेरै इच्छुक छन् र उक्त ५ क्लब मात्र हलान्ड साइन गर्ने कुरामा गम्भीर छन्।