हलाण्डको ह्याट्रिकमा डट्मुण्डको सहज जित

एजेन्सी, जर्मन कप अन्तर्गतको खेलमा बोरुसिया डर्ट्मुण्डले तेश्रो श्रेणीको क्लब वेहेन वेस्बादेनलाई ३-० गोलले सहज जित दर्ता गरेको छ ।

डर्ट्मुण्डको जितमा एर्लिङ हलान्डले ह्याट्रिक गरेका थिए ।

खेलको २७ औं मिनेटमा कप्तान मार्को रियुसको पासमा हलान्डले गोल गर्दै अग्रता दिलाए ।

विपक्षी गोलरक्षकले ३१ औं मिनेटमा हलान्डलाई पेनाल्टी बकस भित्र लडाए पछि प्राप्त पेनाल्टीलाई हलान्डले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्येस्तै, हलान्डले ५१ औं मिनेटमा अर्को गोल गर्दै आफ्नो ह्याट्रिक तथा टोलिलाई ३-० को अवस्थामा पुराए ।

त्यस, पछि कुनै टोलिबाट गोल नहुदा डट्मुण्डले फराकिलो जित हासिल गर्यो ।

डर्ट्मुण्डका लागि जुलियन ब्रान्ट र थोमस मुनियरले कोरोना संक्रमणका कारण खेल गुमाएका थिए भने हमेल्स, गुरेरो र च्यान फिट नभएको भन्दा मिदानमा उपस्थिति भएनन् ।

जेडन स्यान्चोको युनाईटेड प्रस्थान पछि डट्मुण्ड्को यो पहिलो खेल हो ।