हजार्ड राष्ट्रिय टोलिमा पर्न सफल

एजेन्सी, रियल म्याड्रिड तथा बेल्जियमका फर्वार्ड एडेन हजार्ड आगामी युरोका लागि राष्ट्रिय टोलिमा पर्न सफल भएका छन्। उनलेे रियल म्याड्रिडका लागि आशा अनुरुप प्रदर्शन गर्न नसकेको कारण उनी राष्ट्रिय टोलिमा नपर्ने आंकलन गरिएको थियो।

बेल्जियम राष्ट्रिय फूटबल टोलिका प्रशिक्षक रोबर्टो मार्टिनेजले सार्वजनिक गरेको २६ जनाको उक्त सुचीमा हजार्डका साथसाथै लुकाकु, डे ब्रुना र गोल किपरमा कोर्तुवा रहेका छन्। लेस्टर सिटिका योउरी टिलिमन्स, डेनिस प्राएट, टिमोथी काट्सान्या र क्रिस्टल पालेसका मिच्ची बाट्सुवायी र क्रिश्टियन बेन्टेकि पनि सो सुचीमा पर्न सफल भएका छन्।
३० वर्षका हजार्डले रियल म्याड्रिडका लागि ४३ खेलमा ५ गोल मात्र गर्न सफल भएका छन्। बेल्जियमका लागि भने उनले १०६ खेलमा ३२ गोल गरि सकेका छन्। उनले राष्ट्रिय टोलिमा कप्तानका रुपमा पनि भुमिका निर्वाह गरि सकेका छन्।