हजार्ड माथी धैर्यता राख्न आग्रह

प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडले इडेन हजार्डमा धैर्यता राख्न आवश्यक रहेको बताएका छन् ।

स्पेनमा प्रभाव छाड्न संघर्षरत देखिएका हजार्डमा धैर्यता राख्न आवश्यक रहेको जिदानको भनाई छ ।

बिहिबार राति सुपर कपको सेमिफाईनलमा रियल मड्रिडले एथ्लेटिको क्लबसंग २–१ को हार ब्यहोरेको थियो ।

राहुल गार्सियाले दुई गोल गरेपछि एथ्लेटिको प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । खेल सकिन १७ मिनेट अघि करिम बेन्जिमाले गोल गरेपनि रियलको हार टार्न भने सकेनन् ।

हजार्डले एक पोस्ट लक्षित प्रहार गरेका थिए । उनलाई दोस्रो होस्रो हाफमा २० वर्षिया विङ्गर भिनिसियस जुनियरले स्थानान्तरण गरेका थिए ।

बेल्जियमका अन्तराष्ट्रिय खेलाडी स्पेनिस राजधानी आएपछि चोटसंग संघर्ष गरिरहेका छन् । उनले यस वर्ष सबै प्रतियोगितामा १० खेलमा मात्र दुई गोल गरेका छन् । उनले अन्तिम पटक नोभेम्बरमा भएको च्याम्पियन्स लिगमा ईन्टरविरुद्ध प्राप्त २–० को जितमा गोल गरेका थिए ।

तर जिदानले ३० वर्षिया खेलाडीलाई उत्कृष्ट फर्ममा देखिन समय लाग्ने बताउँछन् । तर चेल्सीका पूर्व स्टारसंग रियल मड्रिडका प्रशंसक निराश छन् ।

‘तिमीले धैर्य गर्न आवश्यक छ । तिमीलाई एक गोल गर्न आवश्यक छ । टिमले कोशिश गरिरहेको छ । तिमीले निरन्तर काम गर्न आवश्यक छ । हामी अब पागल हुन सक्दैनौ ।’ जिदानले भनेका छन् ।

‘मलाई लाग्दैन, मानिसहरु उनीसंग थाकेका छन् । तिमीले उनीसंग धैर्य राख्न आवश्यक छ । उनी यसबाट बाहिर निस्कन चाहन्छन् । आज उनी मात्र इडेन मात्र छैनन् । हामीले खराब तरिकाले खेलको सुरुवात गर्यौ । तर दोस्रो हाफमा हामीले राम्रो खेल्यौं ।’ उनले थपे ।