हजार्ड दिएर लिभरपुलको स्टार खेलाडी साइन गर्ने रियल म्याड्रिडको योजना

MADRID, SPAIN - MAY 1: Eden Hazard of Real Madrid during the La Liga Santander match between Real Madrid v Osasuna at the Estadio Alfredo Di Stefano on May 1, 2021 in Madrid Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

ला लिगा क्लब रियल म्याड्रिड लिभरपुलका स्टार मोहम्मद सालाहलाई साइन गर्न इच्छुक रहेको खबर छ भने उनलाई साइन गर्ने प्रयासमा रियलले आफ्नो स्टार खेलाडी एडन हजार्डलाई पनि समावेश गर्ने योजना बनाएको जानकारी छ।

लिभरपुलमा सालाहको गोल गर्न क्रम जारी रहेको छ भने उनी निकै उत्कृष्ट फममा रहेका छन् र उनलाई साइन गर्न रियल इच्छुक रहेको धेरै चर्चा हुँदै गर्दा रियल सँग उनको नाम जोडिएको छ।

लिभरपुलमा निकै उत्कृष्ट खेल्दै गरेका सालाहले भने क्लब सँग सम्झौता विस्तार गरेका छैनन् र उनले क्लब सामु £५००,००० प्रति हप्ताको तलबको माग राखेको पनि रिपोर्ट थियो। सालाहले आफू ला लिगामा खेल्न खुल्ला हुने भनेर केही महिना अगि अन्तर्वार्तामा बोलेका थिए र रियल र बार्साको नजर उनी माथि रहेको खबर थियो।

खबर अनुसार रियल मोहम्मद सालाहलाई साइन गर्न धेरै इच्छुक रहेको छ र उनलाई साइन गर्न लिभरपुल प्रस्तावमा हजार्ड पनि समावेश गर्न रियल तयार हुने छ।